Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • उम्मेदवार छान्न बसेको कोइराला समूहको बैठक निष्कर्षविहीन, मिलेरै अघि बढ्न दबाब

    उम्मेदवार छान्न बसेको कोइराला समूहको बैठक निष्कर्षविहीन, मिलेरै अघि बढ्न दबाब

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 669
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न बसेको नेता शेखर कोइराला समूहको निर्णायक भनिएको बैठक निष्कर्षविहीन सकिएको छ ।

    कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरबहादुर देउवाबिरुद्ध संसदीय दलको नेताको उम्मेदवारी दिने तयारी गरिरहेका बेला नेता कोइरालाले पनि संसदीय दलको नेतामा इच्छा देखाएपछि साझा उम्मेदवार छान्ने गरी निर्णायक वार्ता भएको थियो ।



    तर नेताहरूले नेता कोइराला र महामन्त्री थापालाई मिलेर जान दबाब दिएका छन् भने दुईमध्ये को उम्मेदवार बन्ने भन्ने निष्कर्षमा पुग्न रातभरिको समय दिएर उठेका छन् ।



    सोमबार साँझ नेता कोइराला र महामन्त्री थापासहित बसेको शीर्ष नेताहरूको बैठकमा अधिकांश नेताहरूले दुई नेतालाई मिलेर अघि बढ्न सुझाव दिएको बताइएको छ । यसअघि सोमबार बिहान पनि थापा र कोइरालाबीच छलफल भएको थियो । मंगलबार विहान ८ बजे पुनः छलफल हुने बताइएको छ ।

    थापालाई दलको नेता प्रस्ताव गरेका अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने छलफलमा सहभागी थिएनन् । उपसभापति धनराज गुरुङसहित चन्द्र भण्डारी, बलबहादुर केसी, हृदयराम थानी लगायत नेता छलफलमा सहभागी थिए ।

    संसदीय दलको नेता बन्ने आकांक्षीहरूले मंगलबार दिउँसो २ बजेभित्र उम्मेदवारी दिनुपर्ने छ। कांग्रेसले बुधबार संसदीय दलको नेता छान्दैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार