Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सरकारमा जाने विषयमा अनिर्णयको बन्दी बन्दैनौं : रवि लामिछाने

    सरकारमा जाने विषयमा अनिर्णयको बन्दी बन्दैनौं : रवि लामिछाने

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 825
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने विषयमा पार्टीले ढोका बन्द नगरेको बताएका छन् ।

    आज संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका लामिछानेले निर्वाचन आयोगको जलपान कार्यक्रम बोल्दै यस्तो कताएका हुन् ।



    उनले आफ्नो पार्टी अनिर्णयको बन्दी बनेर नबस्ने स्पष्ट पारे । उनले सरकारमा जानु मात्रै ठूलो कुरा नभएको भन्दै कस्को नेतृत्वमा कस्ता एजेन्डाहरु लिएर जाने कुरा महत्वपूर्ण हुने बताए ।



    लामिछानेले भने, ‘हामी सरकारमा नजाँदा बहुमतै नपुग्ने स्थिति त छैन । तर, केही सहज बनाउला । केका लागि सरकारमा जाने भन्ने स्पष्ट हुनुपर्छ । अहिले हामी स्थितिलाई नियालिरहेका छौं ।’

    उनले संसदमा आफ्नो पार्टीले चुनावअघि उठाएका जनजिविका तथा राष्ट्रियताका मुद्दाहरुलाई उठाउने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार