Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • वडाध्यक्षले आफूखसी घर पठाएका १७ जनामा कोरोना पोजेटिभ देखिएपछि सर्वसाधरण त्रासमा

    वडाध्यक्षले आफूखसी घर पठाएका १७ जनामा कोरोना पोजेटिभ देखिएपछि सर्वसाधरण त्रासमा

    अनलाइन नेपाल
  • सोमबार, १ असार २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । दाङको घोराहीस्थित क्वारन्टिनमा बसेका तर, पिसिआर रिपोर्ट नआउँदै घर पठाइएका १७ जनामा कोरोना पोजेटिभ भेटिएपछि गाउँभरी नै त्रास फैलिएको छ ।

    घोराही उपमहानगरपालिका–१७ स्थित चौघेरा क्वारेन्टिनमा बसेर घर फर्केका १३ जना र वडा नं. १७ कै प्रावि क्वाडीमा बसेर घर फर्केका ४ जनामा कोरोना पोजेटिभ भेटिएको हो।



    वडाअध्यक्षले खुशीराम चौधरीले कसैसँग समन्वय नै नगरी आफूखुसी उनीहरूलाई घर पठाउँदा समस्या देखिएको वडासदस्यलगायतका जनप्रनिनिधिहरुले नै आरोप लगाएका छन् ।



    वडाध्यक्षले आफूखुसी रिपोर्ट नआउँदै क्वारेन्टिनबाट मानिसहरू घर पठाएको भन्दै घोराही १७ चौघेराका सर्वसाधारणले आज (सोमबार) वडा कार्यालय घेराउ गरेका हुन्।

    चौघेरा क्वारेन्टिनमा बसेका ३५ मध्ये १६ जनालाई जेठ २८ गते रिपोर्ट नआउँदै घर पठाइएको थियो । उनीहरूमध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

    चौघेरा क्वारेन्टिनमा बसेका कुल ३५ जनाको जेठ २१ गते पिसिआर टेस्टको लागि स्वाब संकलन गरिएको थियो। तिनैमध्येका १३ जनामा आइतबार रिपोर्ट पोजेटिभ आएको हो ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आइतबार नै घर पठाइएका १७ जनामा संक्रमण पुष्टि भए पनि सार्वजनिक भने गरिएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार