Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • चितवनमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    चितवनमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १ असार २०७७
  • 2.8K
    SHARES

    चितवन । भरतपुरको कोभिड १९ परीक्षण प्रयोगशालामा  गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    आइतबार गरिएको परीक्षणमा विभिन्न जिल्लाका ७ जनामा कोरोना पुष्टि भएको हो ।



    भरतपुर अस्पतालका अनुसार संक्रमितमध्ये एक जना चितवनको र अन्य ६ जना बाहिरी जिल्लाका रहेका छन् ।



    अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवनको भरतपुर महानगरपालिका १४ का ३६ वर्षीय पुरुष, नवलपुर वौदीकाली ४ का २० वर्षीय पुरूष, अर्घाखाँचीको भूमिकास्थानका २० वर्षीय र ३५ वर्षीय दुई पुरुष गरी ३ जना र नुवाकोटको तारकेश्वर ५ का ६ वर्षीय बालक र ३१ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

    आइतबार नै गरिएको परीक्षणमा अन्य ३ सय ७४ जनको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार