Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कोरोनाले देश संकटमा परेको बेला ओलीको जिल्लामा भ्युटावर बनाउन ४० करोड

    कोरोनाले देश संकटमा परेको बेला ओलीको जिल्लामा भ्युटावर बनाउन ४० करोड

    अनलाइन नेपाल
  • सोमबार, १ असार २०७७
  • 2.2K
    SHARES

    काठमाडौं। सरकारले राजस्व नउठेर खर्च धान्न मुस्किल परिरहेको जनाउँदै आए पनि अनावश्यक क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको पाइएको छ । त्यसका दुुई उदाहरण हुन्– प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा निर्माणाधीन २५ तले भ्युटावर बनाउने र सेनालाई सवारी साधन किन्ने बजेट ।

    दमकको भ्युटावर निर्माणमा ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने नेपाली सेनाले १ सय ५० वटा सवारी खरिद गर्ने योजना अघि सारिएको छ ।



    राष्ट्रिय योजना आयोगले तयार पारेको ०७७/७८ को वार्षिक विकास कार्यक्रम पुस्तिकामा सहरी विकास मन्त्रालयमार्फत कार्यान्वयन गर्ने गरी झापाको दमक र नुवाकोटको ककनीमा भ्युटावर बनाउने उल्लेख छ ।



    कोभिड–१९ संक्रमणले निम्त्याएको आर्थिक संकट रहेकाले यी दुवै कार्यक्रमलाई सरोकारवाला अधिकारीले आलोचना गरेका छन् ।

    दमककै बासिन्दाले समेत भ्युटावर निर्माणको साटो अत्याधुनिक अस्पताल वा अन्य आयोजनामा लगानी गर्न अनुरोध गरेका थिए । केही स्थानीयको अनुरोध र प्रधानमन्त्री ओलीकै जोडबलमा दमक नगरपालिका–३ दापगाछीमा २५ तले भ्युटावर निर्माण चालु आर्थिक वर्षमा सुरु भएको हो ।

    ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा टावर निर्माणको निर्णय गरिएको थियो । उनले नै ०७३ जेठ २८ मा भ्युटावर शिलान्यास गरेका थिए । यसमा १ अर्ब ५४ करोड १४ लाख ३९ हजार रुपैयाँमा निर्माण गर्ने गरी चीनको जेटसीजीआईईसी र नेपालको आशिष, ओम साइराम जेभीसँग ठेक्का सम्झौता भइसकेको छ ।

    ०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार ०७८ पुस २७ मा निर्माण सक्नुपर्नेछ । टावरमा अन्डरग्राउन्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, प्रदर्शनी हल, सिनेमा हल र कर्पोरेट कार्यालय रहनेछन् ,कान्तिपुर दैनिकमा खबर छ ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार