Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • माओवादी अध्यक्ष प्रचण्डले भने – नयाँ सरकार बनेपछि समाजवादी केन्द्र बनाउँछौं

    माओवादी अध्यक्ष प्रचण्डले भने – नयाँ सरकार बनेपछि समाजवादी केन्द्र बनाउँछौं

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 744
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचित नयाँ सरकार बने लगतै समाजवादी केन्द्र बनाउने घोषण गरेका छन् ।

    आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा नयाँ सरकार बने लगतै समाजवादी केन्द्र बन्ने दाबी गरेका हुन् ।



    प्रचण्डले भने, ‘हामीले निर्वाचन अघि समाजवादी केन्द्र बनाउने समझदारी गरेका थियौं । अब तत्काल सरकार बनाउनमै केन्द्रित हुनुपर्ने छ । संघीयदेखि प्रदेशका सरकार निर्माण भएपछि समाजवादी केन्द्र बनाउने विषयमा बहस र छलफल हुन्छ ।’



    ​यदि समाजवादी केन्द्र बनाएर एउटै पार्टी बनाउन नसकेपनि लुज फोरम जस्तो बनाएरै छाडिने प्रचण्डले बताए ।

    समाजवादी केन्द्र बनाउने विषयमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, वामदेव गौतम नेतृत्वको नेकपा एकता महाधिवेशन लगायत पार्टी र समूह जोडेर बनाउने बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार