काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएको छ ।
सानेपामा आज बसेको कार्यसम्पादन समिति बैठकले भीष्मराज आङ्देम्बे संयोजक रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा पुष्पा भुसाल र प्रकाश स्नेही छन् ।
समितिले संसदीय दल चयनका लागि निर्वाचनको मिति ताक्ने छ । भोलि नै चुनाव गर्ने कांग्रेसको तयारी छ । भोलि चुनाव हुन नसके पर्सि चुनाव हुने जनाइएको छ ।
संसदीय दलको नेतामा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई महामन्त्री गगन थापाले चुनौती दिने बताएका छन्।
रामचन्द्र पौडेल र शेखर कोइराला पनि आकांक्षी छन्। कांग्रेसका ८९ जना सांसदले संसदीय दलको नेता चयन गर्ने छन् ।
Leave a Reply