काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारी साधन उठाएपछि काठमाडौंको अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ ।
महानगरपालिकाले आइतबार काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखेका दुईपाङ्ग्रे सवारी साधन महानगर प्रहरीले उठाएपछि अनामनगर क्षेत्र तनावग्रस्त बनेको हो ।
सवारी साधन चालकहरू महानगरपालिकाले आफूहरूमाथि ज्यादती गरेको आरोप लगाउँदै विरोधमा उत्रिएका छन् । उनीहरूले महानगरपालिकाले एकपटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आम सर्वसाधारणहरूमाथि ज्यादती गरेको बताए ।
एक सर्वसाधारण राजु श्रेष्ठले महानगरपालिकाले एक लाइन सवारी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले पुनः आएर सवारीसाधन उठाएको भन्दै आपत्ति जनाए ।
सर्वसाधारणले महानगरपालिकाले जनतामाथिको ज्यादती छोड्नु पर्ने माग गरेका छन् ।
Leave a Reply