Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • मोटरसाइकलमा दुई जना यात्रा गर्न नपाउने नियम हट्याे

    मोटरसाइकलमा दुई जना यात्रा गर्न नपाउने नियम हट्याे

    अनलाइन नेपाल
  • सोमबार, १ असार २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । मोटरसाइकलमा एक जना मात्रै बस्न पाउने नियमको विरोध भएपछि अब दुई जना यात्रा गर्न पाउने नियम लागू गरिएको छ । मोटरसाइकल र स्कुटरमा दुई जना नै यात्रा गर्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालले नागरिकलाई समस्या भएको गुनासो बढेसँगै यो नियम हटाएर दुई पाङग्रे गाडीलाई पनि जोर बिजोर अनुसार चलाउने निर्णय गरेको बताए ।



    गएको शुक्रबार मात्रै चार पाङग्रे निजी गाडीलाई जोर बिजोर र दुई पाङग्रेमा दुई जना यात्रा गर्न नपाउने नियम बनेको थियो । तर यो नियम अव्यवहारिक भन्दै विरोध बढेपछि दुई दिनमै सरकारले निर्णय सच्याएको छ ।



    चार पाङग्रे निजी गाडी जस्तै अब मोटराइसकल पनि जोर दिन जोर नम्बरका र बिजोर दिन बिजोर नम्बरका चल्ने छन् । प्रेस, ढुवानी लगायतका गाडीमा भने यो लागू हुने छैन ।

    सो नियम सोमबारदेखि लागू हुनेछ । यस्तै, सरकारले अझै केही दिन सार्वजनिक गाडी भने चलाउन रोक लगाएको छ । कोरोना भाइरसको जोखिम बढिरहेकाले सार्वजनिक गाडी तत्काल चल्ने छैनन् ।

    सरकारले चैत ११ गतेदेखि लकडाउन लागु गरेको थियो। बुधबारको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो।

    सरकारले पैदल यात्रीलाई समेत सामाजिक दुरी पालना गर्न र सुरक्षित भएर हिँड्न आग्रह गरेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार