Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

    जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 777
    SHARES

    फाइल फोटो

    चितवन । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

    जिल्लाको भरतपुर महानगरपालिका २८ मा गएराति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।



    हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा गएराति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।



    उनको शव भरतपुर अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार