Online Nepal
  • बुधबार, २ माघ २०८१
  • चुनावी परिणामले सबैभन्दा चर्को महँगी राजनीतिक बजारमा छ : केपी ओली

    चुनावी परिणामले सबैभन्दा चर्को महँगी राजनीतिक बजारमा छ : केपी ओली

    अनलाइन नेपाल
  • शनिबार, २ पुष २०७९
  • 663
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सही दिशामा डोर्‍याउन नसक्दा चुनावले गलत नतिजा दिएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    ओलीले भने, ‘जनतालाई सचेत गराउन नसक्नु,सही दिशामा लैजान नसक्नु प्रमुख दलको नेताको हैसियतले मेरो पनि कमजोरी स्वीकार गर्छु ।



    अब कस्तो सरकार बन्छ भन्ने म ५८ वर्ष राजनीति गरेको मान्छेले भन्न नसक्ने अवस्था छ । अहिले सबैभन्दा चर्को महँगी कतै छ भने पोलिटिकल बजारमा छ ।’

    पोलिटिकल भाउ चर्को छ,यसले स्थिरता दिँदैन । उनले चुनावको परिणामले राजनीतिक बजारलाई महँगो पारेको भन्दै यसले अस्थिरता उत्पन्न गरेको बताए ।

    ओलीले जनतालाई सचेत गराउन नसक्नु प्रमुख दलको नेताको हैसियतले आफ्नो पनि कमजोरी रहेको बताए । सत्ता गठबन्धनले आफ्नो संख्या नपुगेर थप अरू दल खोजेर झन् ठूलो गठबन्धन बनाउन खोजे पनि त्यसको आकार प्रष्ट नभएको ओलीले बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार