Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • अपुताली सम्पत्ति लिन नाताकै हकवाला हुनु नपर्ने

    अपुताली सम्पत्ति लिन नाताकै हकवाला हुनु नपर्ने

    अनलाइन नेपाल
  • सोमबार, १ असार २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले अपुतालीको सम्पत्ति उपभोग गर्न परिवार वा नातावाल नै हुनु नपर्ने भनी व्याख्या गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयाँलको इजलासले ३ पुस २०७६ मा गरेको अंश विवादसम्बन्धी मुद्दामा फैसला गर्दै यस्तो नजिर कायम गरेको हो ।

    नवलपरासीका नारायण थारू, इन्द्रकुमारी देवी र हरेन्द्रकुमार चौधरीको अंश मुद्दामा सर्वोच्चले गरेको यो फैसलापछि अब अपुताली उसको पालन पोषण गर्ने नाताबाहिरको व्यक्तिले पनि पाउन सक्ने भएको छ । ‘अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराका छोरा भएसम्म छोरीले अपुताली पाउँदैन । त्यस्ता कोही नभए छोरीले अपुताली पाउँछे,’ सर्वोच्चको पूर्णपाठमा भनिएको छ, ‘छोरीहरूमध्ये कोही कन्या र कोही विवाह भएकी वा पोइल गएकी भए प्रत्येक कन्या छोरीले दुई खण्ड र प्रत्येक विवाह भएकी वा पोइल गएकी छोरीले एक खण्डको हिसाबले अपुताली पाउँछ । छोरी नभए सँगै बसेका हकवाला भए त्यस्ता हकवालाले र त्यस्ता हकवाला नभए अरू हकवालाले अपुताली पाउँछ ।’



    सर्वोच्चले अंश र अपुताली फरक विषय भएकाले यसको दाबी पनि फरक फरक हुने व्याख्या पूर्णपाठमा गरेको छ । मंगलबार प्रकाशित भएको पूर्णपाठमा कानुनमा नै अंशबन्डा र अपुतालीसम्बन्धी छुट्टै महल तथा हकवालाको क्रम नै छुट्टै व्यवस्था भएको अवस्थामा अंश र अपुताली एउटै हो भनी मान्ने नसकिने उल्लेख छ ।आजको राजधानी दैनिकबाट



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार