Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • आजबाट सबै सरकारी कार्यालय खुला

    आजबाट सबै सरकारी कार्यालय खुला

    अनलाइन नेपाल
  • सोमबार, १ असार २०७७
  • 2.4K
    SHARES

    देशभरका सरकारी कार्यालयहरू आजदेखि सञ्चालन हुँदैछन्। कोरोना भाइरसको संक्रमण फैलिन नदिन ११ चैतदेखि देशभरका अधिकांश सरकारी बन्द कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुन लागेका हुन्।

    ८३ दिनदेखि बन्द रहँदै आएका सरकारी कार्यालय आजबाट पूर्ण रुपमा सञ्चालन हुन लागेका हुन्। लकडाउनको समयमा केन्द्रीय निकायका रूपमा रहेका मन्त्रालय र केही अत्यावश्यकीय सेवा दिने कार्यालयबाहेक अधिकांश कार्यालयहरू बन्द रहँदै आएका थिए।



    बिहानको सिफ्ट बिहान ६ बजेदेखि १ बजेसम्म र दिउँसोको सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन्। कोरोना संक्रमण फैलिन नदिन सुरक्षाका सबै उपाय अपनाएर कार्यालय सञ्चालन गरिने सरकारले जनाएको छ।



    २८ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई केही खुकुलो बनाउने र १ असारदेखि देशभरका सरकारी कार्यालयको सेवाप्रवाह सञ्चालन गर्ने निर्णय गरेको थियो। लामो लकडाउनको कारण जनजीवन कष्टकर बनेपछि सरकारले लकडाउनलाई केही खुकुलो बनाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार