एजेन्सी । कतार विश्वकप खेलेको स्पेन प्रिक्वार्टरफाइनलबाट बाहिरिएपछि कप्तान सर्जियो बुस्केटले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
स्पेन अन्तिम १६ को खेलमा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।
जहाँ बुस्केट पनि पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
बुस्केटले सन् २००९ मा स्पेनको टिमबाट डेब्यू गरेका थिए । १३ वर्ष स्पेनको टिमबाट खेलेका बुस्केटले १४३ क्याप जितेका छन् ।
Leave a Reply