Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • मंसिरमा मात्रै उपत्यकामा ६० सवारी चालक अनुमतिपत्र निलम्बन

    मंसिरमा मात्रै उपत्यकामा ६० सवारी चालक अनुमतिपत्र निलम्बन

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 795
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिरमा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू पाँचपटक भन्दा बढी उल्लंघन गरेको पाइएकाले अनुमतिपत्र निलम्बनका विभाग पठाइएको हो ।



    सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।



    निलम्बनका लागि पठाइएका सबैभन्दा धेरै कारबाहीमा एक जना ४४ पटक, ३५ पटक कारबाही एक जना, २४ पटक परेका तीन जना, १४ पटक परेका एक जना, १२ पटक परेका सात जना, सातपटक परेका दुई जना र ६ पटक कारबाहीमा परेका ४५ जना गरी ६० जना छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार