Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा, पुनः मतगणना गर्न माग

    सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा, पुनः मतगणना गर्न माग

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 786
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित नेम्वाङविरुद्ध नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मुद्दा दायर गरेका हुन् ।

    गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुनः मतगणना गर्न माग गर्दै खड्काले मुद्दा दायर गरेका छन् ।



    संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेम्वाङ कांग्रेसका खड्कासँग ११४ मतान्तरले विजयी भएका हुन् ।



    निर्वाचन कार्यालयका अनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर जित हासिल गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार