Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • क्वारेन्टाइनमै महिलामाथि बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

    क्वारेन्टाइनमै महिलामाथि बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 4.2K
    SHARES

    टीकापुर। प्रहरीले क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

    कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलाले जेठ २० गते आफुमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।



    गौरीफन्टा नाकाबाट आएर शहिद स्मृति माध्यामिक विद्यालय लम्कीको क्वारेनटाइनमा  बस्दै आएकी  पीडित महिला लम्कीचुहा नगरपालिका–१ कि ३१ वर्षीय हुन् ।



    इलाका प्रहरी कार्यालय लम्कीले तीनै जना आरोपितलाई पक्राउ गरी  थप अनुसन्धान भइरहेको  जनाएको छ ।

    दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले आज लम्की बजारमा विरोध प्रर्दशन गरेका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार