Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रदूषण जाँच फेल भएका गाडी चलाए आजदेखि एक लाखसम्म जरिवाना

    प्रदूषण जाँच फेल भएका गाडी चलाए आजदेखि एक लाखसम्म जरिवाना

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 813
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले प्रदूषण जाँचपासमा फेल हुने सवारीसाधनलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ ।

    वायु प्रदुषण नियन्त्रणको उदेश्यले सरकारले मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाहीमा कडाई गर्न थालेको हो ।



    वातावरण विभागले गएको मंसिर २२ गते सूचना निकालेर प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई पुस १ गते अर्थात् आजदेखि जरिबाना गर्ने जनाएको थियो ।



    पछिल्लो समयमा उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निस्कासनको अवस्था अन्त्यन्तै दयनीय पाइएको वातावरण विभागले जनाएको छ । छड्के जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडीलाई जरिबाना गरिने विभागले जनाएको छ ।

    वायु प्रदूषण नियन्त्रण गर्न सरकारले मापदण्ड भन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाही गर्न लागेको हो ।

    वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१ उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिबाना हुने र गाडी मर्मत गरी प्रदूषण जाँचपास गराएर मात्र सञ्चालनमा ल्याउन पाइने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार