Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सेनाको पोसाकमा टिकटक बनाइ ठगी गर्ने युवक हतियारसहित प्रहरीको फन्दामा

    सेनाको पोसाकमा टिकटक बनाइ ठगी गर्ने युवक हतियारसहित प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 924
    SHARES

    फाइल तस्विर

    मुस्ताङ । नेपाली सेनाको पोसाकमा हतियारसहित सामाजिक सञ्जालमार्फत् टिकटक बनाइ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको थासाङ गाउँपालिका-२ बस्ने १९ वर्षीय विपन विकलाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार युवकले तेन्जिङ गुरुङ नामको नक्कली टिकटक आइडीमा नेपाली सेनाको पोसाक र नक्कली परिचयपत्रसहितको फोटो तथा भिडियो अपलोड गरी ठगी गरेका हुन् ।



    उनले टिकटकमा सैनिक परिचय दिएर सेनामा भर्ति गरिदिन्छु, सरुवारबढुवा गरिदिन्छु भनी नक्कली परिचयपत्र प्रयोग गरी ठगी गर्दै आएका थिए । उनले आफू नेपाली सेनाको उपसेनानीरसहसेनानी भएको र बुबा उपरथि, आमा मेजर, दिदी सहसेनानी हुन् भनी टिकटकमा भिडियो र फोटो अपलोड गरेको प्रहरीद्वारा विज्ञप्तिमा भनिएको छ ।



    पक्राउ परेका विकको घर खानतलासी गर्दा स्टेन्ट गनजस्तो देखिने हतियार थान एक, टेप लगाएर बनाएको वाकीटकीजस्तो देखिने वस्तु एक थान, सेनाको चुस्ता बुटलगायतका पोसाकहरू, नक्कली पेस्तोल र पेस्तोल राख्ने पाउँचलगायतका सामाग्री बरामद भएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार