काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएकाे छ। आज ४ बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित भएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
एमसीसी लगायतका विषयमा छलफल गर्नका लागि बोलाइएको आजको बैठकले अर्थमन्त्री युवराज खतिवडा र पार्टीले गठन गरेको अध्ययन कार्यदलका सदस्यहरु भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण बैठक स्थगित गरिएको बताइएको छ। यसअघि एमसीसीबारे छलफल गर्न जेठ २७ गते बोलाइएको सचिवालय बैठक पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियाे।
Leave a Reply