काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमरेश कुमार सिंहबीच भेटवार्ता भएको छ ।
प्रचण्ड र सर्लाही क्षेत्र नं ४ बाट स्वतन्त्र निर्वाचित सिंहबीच खुमलटारमा बुधबार साँझ भेटवार्ता भएको हो ।
भेटमा सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । अमरेश नयाँ पार्टी गठनको तयारीमा छन् ।
रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र निर्वाचित भएका प्रभु साहसँग मिलेर अमरेश पार्टी गठनको तयारीमा लागेका हुन्।
प्रचण्डले प्रधानमन्त्री पदको दाबी गरिरहेका बेला अमरेशसँगको भेटलाई अर्थपूर्णरूपमा लिइएको छ ।
Leave a Reply