Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मानवअधिकार आयोगले भन्यो – आपराधिक घटनाका दोषीलाई उन्मुक्ति दिई दण्डहीनतालाई प्रश्रय नदेऊ

    मानवअधिकार आयोगले भन्यो – आपराधिक घटनाका दोषीलाई उन्मुक्ति दिई दण्डहीनतालाई प्रश्रय नदेऊ

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 693
    SHARES

    काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आपराधिक घटनाका दोषीलाई उन्मूक्ति दिई दण्डहीनतालाई प्रश्रय नदिन सरकारलाई आग्रह गरेको छ ।

    आयोगले अदालतबाट आपराधिक घटनामा दोषी ठहर भइ सजाय भोगिरहेकाहरूलाई उन्मुक्ति नदिन भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।



    आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै आपराधिक घटनामा संलग्न भएको अदालतबाट ठहर भई सजाय भोगिरहेकाहरूलाई उन्मुक्ति दिने कानुन नबनाउन र त्यस्ता घटनामा संलग्नलाई राजनीतिक आवरण नदिन सरकारलाई आग्रह गरेको छ ।



    राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा भएको विद्यमान प्रावधानमा आपराधिक घटनाका दोषीलाई उन्मुक्ति दिन सहज हुने गरी संशोधन अध्यादेश ल्याउने निर्णय गरेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

    मानवअधिकार आयोगले अपराधमा संलग्नहरूलाई प्रचलित कानुनअनुसार सजाय हुनुपर्ने भनेको छ ।

    आपराधिक घटनालाई राजनीतिक दृष्टिले हेर्दा राज्यप्रति जनताको आशा र भरोसा टुट्दै जाने आयोगको भनाइ छ । राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण हुनुहुन्न भन्ने कुरामा आयोग दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार