काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण उद्गमस्थल चीनमा भन्दा भारतमा बढिको मृत्यु भएको छ ।
भारतमा संक्रमितको संख्या पनि दैनिक रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ११ हजार ९२९ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
यो तथ्यांक पनि दैनिक संक्रमितहरुको संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीहरुको भनाई छ।
भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ३ लाख २१ हजार ९६३ पुगेको छ ।
योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या नौ हजार १९५ पुगेको छ। चीनमा भने हालसम्म कोरोनाका कारण ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।
Leave a Reply