काठमाडौं । नेपाली कांग्रेसबाट धनुषा-४मा उम्मेदवार रहेका महेन्द्र यादवले पुन: मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् ।
नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठुंग पराजित भएका यादव पुन मतगणनाको माग गर्दै बुधबार सर्वोच्च पुगेका हुन् ।
उनले दोहोर्याएर मत गन्न माग गरेका छन् ।
रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा , प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।
यो रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ ।
Leave a Reply