Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नवलपरासीमा गाडी दुर्घटना हुँदा गाउँपालिका अध्यक्षको मृत्यु

    नवलपरासीमा गाडी दुर्घटना हुँदा गाउँपालिका अध्यक्षको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नवलपरासी पश्चिममा गाडी दुर्घटना हुँदा गाउँपालिका अध्यक्षको मृत्यु मृत्यु भएको छ। प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको गाडी दुर्घटनामा मृत्यु भएको हाे।

    पूर्व-पश्चिम राजमार्गको नवलपरासीस्थित शिवकलोनीमा शर्माले चलाएको लु १ झ ३७० नम्बरका गाडी दुर्घटना भएको नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी अजय केसीले बताए। उनीसँगै गाडीमा रहेका हरिला रज्जाक घाइते भएको प्रहरीले जनाएको छ।



    घाइते रञ्जाकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको एसपी केसीले बताए।



    एसपी केसीले गाडी दुर्घटना हुँदा शर्माको घटनास्थलमै ज्यान गएको जानकारी दिए। उनका अनुसार उनी आफैंले गाडी चलाएर विपद व्यवस्थापनको बैठकमा जाँदै गर्दा गाडी दुर्घटना भएको हो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार