Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोरोनाको आशंकामा उपचार भइरहेका एक युवा अस्पताबाट गायव

    कोरोनाको आशंकामा उपचार भइरहेका एक युवा अस्पताबाट गायव

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको आशंकामा उपचार गराइरहेका कोरियाबाट आएका एक युवा अस्पतालबाट गायब भएका छन्।

    टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका उनी आज अस्पतालको झ्यालबाट भागेका हुन्। सुनसरी घर भएका उनमा कोरोनाको संक्रमण हुनसक्ने देखिएपछि अस्पतालमा परीक्षण हुँदै थियो। अस्पतालबाट ती व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।



    अस्पताल स्रोतका अनुसार गायव भएका ती व्यक्ति २० गतेमात्रै नेपाल आएका हुन्। उनमा कोरोनाको संक्रमणका संकेतहरु देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।



    चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण ७० भन्दा बढि देशमा फैलिसकेको छ भने झण्डै चार हाजरको मृत्यु भइसकेको छ । कोरियामा मात्र ६ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या ४० पुग्न लागेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार