Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • ढाका–ग्वान्झाउ उडान स्थगित

    ढाका–ग्वान्झाउ उडान स्थगित

    अनलाइन नेपाल
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    बेइजिङ । चिनियाँ नागरिक उड्डयन नियामक निकायले चाइना साउदर्न एयरलाइन्सको ढाका–ग्वान्झाउ उडान स्थगित गरेको छ ।

    गत जुन ११ को ढाका–ग्वान्झाउको उडानमा सवार १७ जना यात्रुमा कोविड–१९ को संक्रमण देखिएपछि चार हप्ताका लागि उडान स्थगित गर्नु परेको अधिकारीहरुले बताएका छन् ।



    चिनियाँ नागरिक उड्डयन प्राधिकरणले विमानमा यात्रा गर्न चाहने व्यक्तिमा लगातार तीन सातासम्म कोरोना भाइरस नेगेटिभ हुनुपर्ने नियम बनाएको छ । प्राधिकरणले कोरोना नेगेटिभ देखिएको अवस्थामा ढाका उडान हप्तामा २ वटा गर्न सक्ने जनाएको छ ।



    तर यदि कोरोना पोजेटिभ भएका यात्रुको संख्या ५ भन्दा बढी पाइए त्यस्तो बिमान सेवालाई एक साता उडान गर्न नपाउने गरी प्रतिबन्ध लगाइने छ । तर पोजेटिभ भएका यात्रुको संख्या १० भन्दा बढी भए यस्तो प्रतिबन्ध चार हप्ता गरिने प्राधिकरणले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार