Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • बेटिङ कम्पनी ‘वान् एक्स बेट’ मा दुई करोड बढीको कारोबार, एक जना पक्राउ

    बेटिङ कम्पनी ‘वान् एक्स बेट’ मा दुई करोड बढीको कारोबार, एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 822
    SHARES

    काठमाडौं । प्रहरीले बेटिङ कम्पनी ‘वान् एक्स बेट’मा सट्टेबाजी गराउने एक जना एजेन्टलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका-१ घर भई ललितपुरको सानेपा बस्‍ने २० वर्षीय आदर्श ठाकुर छन्।

    विश्वकप लगायत खेलमा प्रयोग हुने रूसी बेटिङ एप वानएक्स बेट मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने-गराउने एजेन्टहरू सक्रिय रहेको भन्ने सूचना प्रहरीले पाएको थियो।



    उक्त सुचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार ठाकुर विगत ८ महिनादेखि सट्टेबाजीका एजेन्टको रूपमा कार्यरत थिए।



    उनले रकम संकलन र भुक्तानीको आधारमा कमिसन पाउँथे। त्यसैले उनले डिजिटल वालेट खोल्न विभिन्न व्यक्तिको नेपाली नागरिकता समेत प्रयोग गरी खाता खोलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

    उनले डिजिटल वालेटमार्फत संकलन गर्ने रकम नाबिल, सिद्धार्थ र एनआइसी एसिया बैंकम रहेको आफ्नो खातामा राख्थे। उनले नाबिलबाट ६९ लाख ६ हजार ७७०, सिद्धार्थबाट ४५ लाख ५३ हजार ५२३ र एनआइसी एसियाबाट ८८ लाख २४ हजार १५५ गरी जम्मा २ करोड २ लाख ८४ हजार ४४८ रुपैयाँको कारोबार गरेको अनुसन्धानबाट देखिएको छ।

    प्रहरीले ४८५ वटा विभिन्न सेवा प्रदायकहरूका डिजिटल वालेटको कारोबार समेत रोक्का राखेर अनुसन्धान अघि बढाएको छ। ।उनीमाथि मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार