Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कैलालीका थप पाँच स्थानमा बिओपी स्थापना

    कैलालीका थप पाँच स्थानमा बिओपी स्थापना

    अनलाइन नेपाल
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    कैलाली । सीमाक्षेत्रका थप पाँच स्थानमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएका छन् । बङ्गराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलङ्का टापु बिओपी स्थापना गरिएका हुन् ।

    जिल्लामा अब बिओपीको सङ्ख्या नौ पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरले जनाएको छ । १०१ किलोमिटर खुला सिमाना रहेको जिल्लामा लकडाउन अवधिमा सशस्त्र प्रहरी परिचालन गरी सीमा सुरक्षा हुँदै आएको छ ।



    जिल्लाका पाँच स्थानमा बिओपी थप गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिमिल्सीनाले जानकारी दिए । बिओपी स्थापना भएसँगै सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रण गर्न थप बल पुग्नुका साथै त्यस क्षेत्रका नागरिकको सुरक्षाको भएको जनाइएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार