काठमाडौं । मधेसी आयोगले थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ । आयोगको मसिंर २० गतेको बैठकबाट यसबारे निर्णय गरेको हो ।
मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ को उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमको सूची हटाउने निर्णय भएको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले जानकारी दिए ।
मधेसी आयोगले गरेको निर्णय कार्यन्वयनको लागि आयोगकी उपसचिव सबिता डंगोलले प्रधानमंत्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छन्।
थारु र मुस्लिम समुदायका विभिन्न संघ-संगठनहरुले थारु र मुस्लिम समुदायको छुटै पहिचान र सभ्यता रहेको र सो मधेसी समुदायसँग नमिल्ने भन्दै मधेसी क्लस्टरमा आफुहरुलाई नराख्न मधेसी आयोगमा निवेदन दिएका थिए।
Leave a Reply