मोरङ । भारतीय सेनामा भर्ती गरिदिन्छु भनी करिब २ करोड रूपैयाँ ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–३ बस्ने ४३ वर्षीय नरेन्द्र पाख्रिङ तामाङ रहेका छन् । उनलाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
तामाङले करिब २५ जना युवाहरूलाई भारतीय सेनामा भर्ना गरिदिन्छु भनी जनही ५ देखि ६ लाख रुपैयाँ उठाई ठगी गरेको प्रहरीले जनाएको छ ।
युवाहरूले आफू ठगिएको भन्दै उजुरी दिएपछि इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply