काठमाडौं । कतार विश्वकप फुटबल प्रतियोगिताको अनलाईन सट्टेबाजी गराउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ घर भई बुढानिलकण्ठ नगरपालिका-८ कपन बस्ने ३७ वर्षीय रुद्र प्रसाद पोखरेल र भारतको राजस्थान प्रदेश चुरु घर भई काठमाडौं महानगरपालिकाको नरदेवी बस्ने ३२ वर्षीय पवन कुमार शर्मा रहेका छन् ।
उनीहरलाई लाजिम्पाटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुले डायमण्ड एक्स नामक एपमार्फत सट्टेबाजी गराउने गरेको खुलेको प्रहरीले जनाएको छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको छ ।
Leave a Reply