Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • पोर्चुगलका प्रशिक्षक सान्तोषले भने – सुरुवातमै रोनाल्डोलाई नखेलाउनुमा पश्चाताप छैन

    पोर्चुगलका प्रशिक्षक सान्तोषले भने – सुरुवातमै रोनाल्डोलाई नखेलाउनुमा पश्चाताप छैन

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । युरोपेली राष्ट्र पोर्चुगललाई १–० ले स्तब्ध बनाउँदै शनिबार राति अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

    यस खेलमा पोर्चुगलले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई फेरि एकपटक ‘प्लेइङ सेट’ मा राखेन । खेलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले यो निर्णयमा कुनै पश्चाताप नभएको प्रतिक्रिया दिएका छन् ।



    खेलमा पराजित भएपछि सान्तोषले भनेका छन् । ‘ मलाई लाग्दैन कि पश्चाताप छ। रोनाल्डो महान् खेलाडी हुन् । उनि आवश्यक पनि छन् । तर, मलाई लाग्छ यो टोली स्विट्जरल्यान्डसँग राम्रो खेलेको थियो ।’



    रोनाल्डो खेलको ५१औं मिनेटमा वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका थिए । ३९ मिनेट मैदानमा बिताउँछा ११ ‘टच’लिए । पराजित भएपछि रोनाल्डो भावुक बन्दै मैदान छाडेका थिए ।

    यस अघि रोनाल्डो समूह चरणका तीनै खेलमा प्लेइङ सेटमा रहेका थिए । स्विट्जरल्यान्डसँगको अन्तिम १६ भिडन्तमा भने बेन्चमै सिमित बने ।

    जहाँ २१ वर्षीय स्ट्राइकर गोन्कालो रामासेले ह्याट्रिक गर्दा पोर्चुगल ६–१ ले विजयी भएको थियो । खेलपछि बोल्दै सान्तोषले आफ्नो भविष्य राजधानी लिस्बोन फकिएपछि थाहा हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार