एजेन्सी । भारतको हिमाञ्चल प्रदेशको मुख्यमन्त्रीमा सुखविन्दर सिंह सुखु चयन भएका छन् ।
शनिबार बेलुकी बसेको कांग्रेस संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गरेसँगै सुखु मुख्यमन्त्री बनेका हुन् ।
यस्तै मुकेश अग्निहोत्री उपमुख्यमन्त्री बन्ने छन् । उनीहरुले आज पदको शपथ लिने कार्यक्रम रहेको कांग्रेस नेता राजीव शुक्लाले जानकारी दिए ।
६८ सदस्यीय विधान सभा रहेको हिमाञ्चलमा कांग्रेसले ४०, भारतीय जनता पार्टीले २५ र स्वतन्त्र उम्मेदवारले तीन सिट जितेका छन् । हिमाञ्चलमा कांग्रेसको बहुमतसहित एकल सरकार बन्नेछ ।
Leave a Reply