Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • समानुपातिक सांसद छनोटपछि रास्वपामा विवाद, गणेश कार्कीले लेखे यस्तो स्ट्याटस

    समानुपातिक सांसद छनोटपछि रास्वपामा विवाद, गणेश कार्कीले लेखे यस्तो स्ट्याटस

    अनलाइन नेपाल
  • शनिबार, २४ मंसिर २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिकतर्फका सांसद छनोटको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

    ठूला नेताहरूले आफ्ना नजिकका मान्छेलाई छनोट गरेको भन्दै पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले विरोध गरेका हुन् ।



    सामाजिक सञ्जालमा सन्देश लेख्दै केन्द्रीय सदस्य कार्कीले विधि र पद्धति मिचेर आफूलाई सांसद हुन नदिइएको भन्दै आक्रोश पोखे ।



    उनले पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले आफ्नो गुरुआमा र कर्मचारीलाई अवसर दिँदा आफू सांसद हुनबाट रोकिएको आरोप लगाए ।

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलहरूलाई ‘दामी धक्का’ हानेर उपलब्धी हात पारेको समेत टिप्पणी गरे ।

    यस्तो छ गणेश कार्कीले लेखेको स्ट्याटस :

    म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए ।

    किनभने, १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको थियो । म खसआर्य खुलातर्फको दोस्रो नम्बरमा र दिपक बोहोरा तेस्रो नम्बरमा थियौँ । समावेशी र आरक्षणको बिषय के हो भने खुलातर्फबाट महिलाको ३३ प्रतिशत पुगेन भने मात्रै ३३ प्रतिशत पुर्याउने गरि महिलालाई राख्नै पर्ने हुन्छ । नियम त्यहि हो ।

    बिधी त्यहि हो । त्यहि अनुसार पहिलो प्राथमिकता हाम्रो पार्टीबाट ५ जना महिला पर्ने र बाँकी खुलाबाट हुनु पर्ने हो । यसैले मेरो र दिपकजीको सांसद हुने पक्कापक्की नै हो । तर आफ्नालाई काखी च्यापियो । जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति, बिधि भन्दै आवाज उठाइरहेँ ।

    यत्रा मानिसहरुले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन । मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु । तर यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो । यो यात्रामा साथ दिने, मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु ।

    अन्त्यमा, रास्वपालाई समर्थन गर्ने कि नगर्ने तपाईको व्यक्तिगत अधिकारको कुरा हो । आफ्नो ब्रह्मले सहि ठानेको निर्णय गर्नुहोला ।

    पुनश्च : फोन, म्यासेज, ट्याग गरेर म समानुपातिकमा किन परिन भनेर सोध्ने सबैको चासोप्रति असिम सम्मान छ । अलग अलग जवाफ दिन सम्भव नभएकाले यहाँ लेखेको हुँ ।

    पुन: पुनश्च: माथिका कुनै पनि आरोप होइनन् । खोज्नु होला । प्रमाणित हुन्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार