काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेशसभातर्फ समानुपातिकमा पठाउने सांसद छनोट गरेको छ । लोसपाले मधेस प्रदेशमा दुई र लुम्बिनी प्रदेशमा एक गरी तीन जनाको नाम टुंगो लगाएको हो ।
लोसपाका नेता केशव झाका अनुसार मधेस प्रदेशमा रुपा कुमारी यादव (मधेसी महिला), रमिता प्रधान (मधेसी अल्पसंख्यक महिला) र लुम्बिनी प्रदेशमा हेमा बेल्वासे केसी (खस आर्य महिला) को नाम सिफारिस गरेको हो।
तीनै जनाको नाम शुक्रबार निर्वाचनमा आयोगमा बुझाइएको छ । मंसिर ४ को निर्वाचनमा लोसपाले मधेश प्रदेशमा सात र लुम्बिनी प्रदेशमा एक सदस्य प्रत्यक्षतर्फ जितेको छ ।
प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चार सिट जितेको लोसपा समानुपातिकको थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी हुनबाट भने वञ्चिन हुन पुगेको थियो ।
Leave a Reply