कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकमा सङ्घीयताको औचित्य नभएको बताएका छन् ।
रिपोर्टस् क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले यस्तो बताएका हुन् ।
अहिलेको संघीयताले नेताको मात्रै व्यवस्थापन भएकाले यस्तो सघीयताभन्दा जनताको समानुपातिक संघीयता आवश्यक भएको उनले बताए ।
विप्लवले प्रदेश र संघको निर्वाचनमा आएको मत परिणामले दलहरुको औचित्य नभएको प्रस्ट पारेको जिकिर गरे ।
नेता विप्लवले भने, ‘हामीले थालेको क्रान्ति मान्छे मार्ने नभई वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ति गरी देशको स्वाधीन अर्थतन्त्रको निर्माण हो, यो नागरिकले नपाएको प्रस्ट छ ।’
उनले मंसिर ४ को निर्वाचनले जनतामा खुशी नल्याएको उल्टै थप संकटतर्फ धकेलेको दाबी गरे । विप्लवले नेता व्यवस्थापन गर्ने सङ्घीयता भन्दा जनताको समानुपातिक सङ्घीयता आवश्यक रहेको औंल्याए ।
Leave a Reply