Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • पोल्याण्डका राष्ट्रपति समक्ष राजदूत खड्काले बुझाए ओहदाको प्रमाणपत्र

    पोल्याण्डका राष्ट्रपति समक्ष राजदूत खड्काले बुझाए ओहदाको प्रमाणपत्र

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडा समक्ष गैरआवासीय राजदूतको ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।

    वेलभिडीयार प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत खड्काले राष्ट्रपति डुडासमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।



    ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजदूत खड्काले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै पोलिस जनताको शान्ति, निरन्तर प्रगति एवं सम्बृद्धिका लागि पठाएको शुभकामना सन्देश प्रस्तुत गरेका थिए ।



    ओहदाको प्रमाणपत्र पेशसंगै कुटनीतिक प्रचलन अनुसार राजदूत खड्का र पोलिस परराष्ट्र उपमन्त्री तथा विदेश मन्त्रालय स्थित एसिया प्यासिफिका निर्देशक लगायतबीच शिष्टाचार भेटवार्तामा नेपाल र पोल्याण्ड द्विपक्षीय सम्वन्धका बारेमा विचार आदानप्रदान भएको दूतावासले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार