Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • कांग्रेसमा ‘दल’को नेता बन्न दौडधुप : बालुवाटारबाटै देउवाको ‘लबिङ’, गगन ‘डोर टु डोर’ भेटघाटमा

    कांग्रेसमा ‘दल’को नेता बन्न दौडधुप : बालुवाटारबाटै देउवाको ‘लबिङ’, गगन ‘डोर टु डोर’ भेटघाटमा

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 759
    SHARES

    काठमाडौं । प्रतिनिधिसभामा ८९ सिट जितेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि दौडधुप तीव्र बनेको छ । दलको नेता छान्ने प्रक्रियामा ८९ जनै प्रतिनिधिसभा सदस्यले सहभागी हुन पाउनेछन् ।

    प्रतिनिधिसभा निर्वाचन अन्तिम परिणाम सार्वजनिक भएसँगै दलको नेताका लागि कांग्रेसभित्र बढेको दौडधुपमा सभापति शेरबहादुर देउवादेखि महामन्त्री गगन थापासम्म छन् ।



    यो दौडमा रामचन्द्र पौडेल र प्रकाशमान सिंहसमेत ‘आकांक्षी’ देखिएका छन् । तर, मुख्य प्रतिस्पर्धा देउवा र थापाबीचमै हुने अवस्था बढेको छ । कांग्रेस पूर्वमहामन्त्री शशांक कोइराला भने यो दौडधुपबाट ‘ब्याक’ भइसकेका छन् । उनले मंगलबार सभापति देउवालाई भेटेरै सघाउने यस्तो ‘संकेत’ गरेको बताइन्छ ।



    देउवासँग १४औं महाधिवेशमा प्रतिस्पर्धी बनेका डा. शेखर कोइराला भने ‘दलको नेता तथा आगामी प्रधानमन्त्री’ विषयमा मौन छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आफूनिकटका नेतामार्फत दलको नेताका लागि बालुवाटारबाटै ‘लबिङ’ गरिरहेका छन् । उनले केही शीर्षनेतालाई बालुवाटारमै बोलाएरै ‘इच्छा’ देखाएका छन् ।

    प्रवक्ता डा. प्रकाशशरण महतलाई समेत ‘लबिङ’मा खटाइएको छ भने कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि पनि ‘देउवालाई दलको नेता बनाउन मुख खोलेरै’ अघि बढिरहेका छन् ।

    दल नेताका लागि महामन्त्री थापाले भने ‘डोर टु डोर’ भेटघाट गरिरहेका छन् । १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सभापतिका उम्मेदवार बनेका डा. शेखर कोइरालालाई भेटेरै उनले ‘दलको नेताका लागि सहयोग गर्न’ आग्रह गरेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार