Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ऐतिहासिक निर्णय : लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा संसदबाट पारित

    ऐतिहासिक निर्णय : लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा संसदबाट पारित

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संसदबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएको छ ।

    शनिबारको प्रतिनिधिसभा बैठकले लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई सर्वसम्मत अनुमोदन गरेको हाे।



    संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि निर्णयका लागि संसदमा मतदान भएको थियो । जसअनुसार संविधान संशोधनका लागि भएको मतदानमा २५८ मत खसेको थियो ।



    खसेका सबै मत पक्षमा थिए । सभामुख अग्नि सापकोटाले २७५ सदस्सीय संसदमा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको घोषणा गरे ।

    नेपाल सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार