काठमाडौं । स्पेनको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिक बर्खास्त भएका छन् ।
विश्वकप फुटबलमा स्पेन मोरक्कोसँग टाइब्रेकरमा पराजित हुँदै प्रिक्वाटर फाइनलबाटै बारिएपछि स्पेनिस फुटबल संघले एनरिकलाई बर्खास्त गरेको हो ।
कतारमा जारी विश्वकपको अन्तिम १६ मा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि एनरिकेले नैतिकताका आधारमा राजीनामा दिएका हुन्।
उनले दिएको राजीनामा संघका अध्यक्ष लुइस रुबियालेस र जोसे फ्रान्सिस्को मोलिनाले बिहीबार स्वीकृत गरेका छन्।
एनरिके सन् २०१८ को जुलाईदेखि स्पेनको प्रशिक्षक थिए ।
Leave a Reply