Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने– नारा लगाउँदा पनि कोरोना भाइरस फैलन्छ

    स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने– नारा लगाउँदा पनि कोरोना भाइरस फैलन्छ

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्ष्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित मिडिया व्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी गराए ।

    सोहि क्रममा उनले कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको र मृतकको संख्या १८ पुगेको तथा हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको पनि जानकारी गराए ।



    चौतर्फी रुपमा सरकार विरुद्ध आन्दोलन बढिरहेका बेला मिडिया व्रिफिङकै क्रममा डा. गौतमले अर्को महत्वपूर्ण कुरा आन्दोलन गर्दा कोरोना फैलन्छ पनि भन्न भ्याए ।



    स्वास्थ्य मन्त्रालयको तर्फबाट अनुरोध गर्दै डा. गौतमले भने–‘महामारीमो समयमा भिडभाड जुलुस गर्दा सावधानी नअपनाउँदा आत्मघाती हुन सक्छ । ….. शहरी क्षेत्रका घना वस्तीमा संक्रमण भएमा अस्पतालले उपचार धान्न सक्दैन । …….. जुलुसमा सामाजिक दूरी कायम नहुने, नारा लगाउँदा कोरोना भाइरस धेरै निस्कने हुँदा धेरै जना संक्रमित हुने सम्भावना हुन्छ र खतरा बढ्न सक्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार