काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले आज काठमाडौंको भृकुटीमण्डपमा राखिएको भृकुटीको शालिकको अनावरण गरेकी छिन् ।
राष्ट्रिय विभुतिको मुर्ती भृकुटी फनपार्क सञ्चालक समितिको पहलमा बाल उद्यानमा स्थापना गरिएको हो ।
अनावरण कार्यक्रममा बोल्दै उनले सातौँ शताब्दीमा नेपालको धर्म र संस्कृतिलाई चीनसम्म फैलाउने राष्ट्रिय विभूति भृकुटीलाई यस रुपमा सम्झनु प्रशंसनीय काम भएको बताएकी छन् ।
उनले मण्डप र पार्कमा आउँदा भृकुटी को हुन् भन्ने जिज्ञासा मेट्न शालिक महत्वपूर्ण भएको धारणा व्यक्त गरिन ।
नेपालकी छोरी राजकुमारी भृकुटीको जन्म सातौ शताब्दी ६२८ ए.डीको लिच्छवीवंशमा भई चीनका सम्राट गम्पोसँग भएको थियो ।
राजकुमारीकोविवाह पछि चीन –नेपाल सम्बन्ध सुमधुरका साथै चीन र तिब्ब्तमा बौद्ध धर्मको उल्लेख्य प्रचारप्रसार भएको पाइन्छ । उनको देहान्त सातौ शताब्दीमा तिब्बतमा नै भएको थियो ।
Leave a Reply