Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ‘सुगौली सन्धिभन्दा पछाडि हटेर गरियाे महाकाली सन्धि’

    ‘सुगौली सन्धिभन्दा पछाडि हटेर गरियाे महाकाली सन्धि’

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महाकाली सन्धिमा राष्ट्रघात कसले गर्याे भनेर प्रश्न गरेका छन्। उनले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गर्ने नेताहरू कांग्रेस र कम्युनिस्टका रहेकाे समेत बताए।

    लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै अध्यक्ष यादवले सुगौली सन्धि आफैँमा अपमानजनक भएको बताए । तर काली (महाकाली) नदीलाई सीमा नदी मानेको र पश्चिमको भागमा नेपालले आफ्नो दाबी छोड्ने प्रष्ट देखिएको बताए ।



    तर महाकाली सन्धिको प्रस्तावनामा नै ‘महाकाली नदीको अधिकांश भाग दुई मुलुकको सीमा नदी भएको स्वीकार गर्दै’ भन्ने लेखिएको उनले बताए । महाकाली सन्धि गर्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समेत रहेका भन्दै उनले भने जवाफ दिनुपर्‍यो सुगौली सन्धिभन्दा राष्ट्रिय हितमा पछाडि किन हटेको ?’



    कांग्रेस र कम्युनिस्ट नेताहरूलाई ‘राष्ट्रवादको नारा दिन्छौं, मधेशीहरूलाई गाली गर्छौं तर राष्ट्रघात हामी आफैँ गर्छौं भनेर जनतासँग माफी माग्न आग्रह गरे ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार