काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा इलाम २ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पुनः मतगणना गर्न माग गर्दै सर्वोच्चको संवैधानिक इजलासमा मुद्दा दर्ता गराएका हुन् ।
मतगणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै खड्काले निर्वाचित घोषणा बदर र पुनः मतगणनाको माग गरेका छन् ।
रिटमा मतगणनाका क्रममा निर्वाचन कार्यालयका गणकले रुख चिन्हको मत बदर गर्ने, सूर्य चिन्हको बदर मतलाई सदर गर्ने, मतपेटिका लामो समयसम्म बेपत्ता पार्ने, सुरक्षाकर्मी र दलीय जनप्रतिनिधिलाई साथमा नलगी घण्टौँ मतपेटिका अन्यत्र राखी धाँधली गरी एमाले उम्मेदवार नेम्वाङलाई जबरजस्ती विजयी बनाएको उल्लेख छ ।
साथै, नेपाली कांग्रेसका प्रतिनिधि नराखी गणना गरिएको, कांग्रेसले मतगणना स्थगित गर्न निवेदन दिए पनि रातारात नेम्वाङलाई घोषणा गरेकाले बदर गर्न माग गरिएको छ ।
इलाम २ मा ११४ मत अन्तरले नेम्वाङ विजयी भएका थिए । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
Leave a Reply