Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत भएपछि संसद बैठक छाडेर बाहिरिन

    सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत भएपछि संसद बैठक छाडेर बाहिरिन

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् ।

    सभामुख अग्निप्रसाद सापकोटाले संसद नियमावलीको दफा १ सय १२ अनुसार स्विकार हुन नसक्ने भन्दै सांसद गिरीको प्रस्ताव अस्विकार भएको घोषणा गरेका हुन् । सभामुख सापकोटाको घोषणापछि सांसद गिरी संसद बैठक छाडेर निस्किएकी छन् ।



    संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए ।



    नियमावलीको ११२ (२) मा लेखिएको छ, ‘सभामुखले यस नियमको अधिनमा रही कुनै संशोधनलाई स्वीकृत गर्ने, अश्वीकृत गर्ने वा सम्बन्धित सदस्यलाई बोलाई त्यसमा सुधार गर्ने वा एकै आशयका एकभन्दा बढी संशोधनलाई एकीकृत गरी स्वीकृत गर्ने अधिकार हुनेछ ।’

    सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ । यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन दर्ता गरेकी थिइन् ।

    समाजवादी पार्टीले उनलाई संशोधन फिर्ता लिन निर्देशन दिएको थियो भने नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्नेे संविधान संशोधन विधेयकको पक्षमा मत दिन पार्टीका सांसदहरूलाई हृविप समेत जारी गरेको छ ।

    सांसद गिरीले भने यसबारे सोचेर संसदमा जानकारी दिने दललाई बताएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार