काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग निष्प्रभावी गर्ने संघीय संसद्का महासचिव भरतराज गौतमको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
सर्वोच्च बार एसोसिएसनले प्रधानन्यायाधीश जबराविरूद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै संवैधानिक इजलासमा रिट हालेको हो ।
उक्त पत्र संविधान र कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालत बार एशोसिएसनले रिट दायर गरेको हो ।
संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार जबरासहित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद्, न्याय परिषद र सर्वोच्च अदालतलाई राणाविरूद्धको महाअभियोग निष्प्रभावी भएको पत्र पठाएका थिए।
पत्र पाएपछि राणाले आजै सर्वोच्च फर्किने बताएका थिए। तर कार्यालय समय सकिउन्जेलसम्म पनि उनी सर्वोच्च अदालत आएनन्।
Leave a Reply