Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सरकारका प्रवक्ता कार्कीले भने – अबको प्रतिनिधिसभामा महाअभियोगका विषयमा छलफल हुन्छ

    सरकारका प्रवक्ता कार्कीले भने – अबको प्रतिनिधिसभामा महाअभियोगका विषयमा छलफल हुन्छ

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 717
    SHARES

    काठमाडौं । सरकारले प्रधानन्याधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग अझै जीवित रहेको जनाएको छ ।

    मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाअभियोगबारे बोलेका हुन् ।



    उनले अबको प्रतिनिधिसभामा महाअभियोगमाथि छलफल हुने दाबी गरे । उनले भने, ‘अघिल्लो प्रतिनिधिसभामा चोलेन्द्रशमशेर जबराको महाअभियोगमाथि छलफल भएर त्यसको प्रतिवेदन अर्को गठित प्रतिनिधिसभामा छलफल हुने भनिएको थियो ।



    यो विषय जीवितै छ । यो महाअभियोग सार्वभौमसम्पन्न संसदको सम्पत्ति हो । यसको छलफल अब आउने प्रतिनिधिसभामा हुन्छ र निर्णयमा पुग्छ ।’

    संसद सचिवालयका महासचिवले महाअभियोग निस्प्रभावी बनेको पत्र दिएपश्चात राणा सर्वोच्च आउने तयारीमा छन् ।

    महाभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेश, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा नयाँ निर्वाचन सम्पन्न भएकाले जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको संसद सचिवालयको पत्रमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार