Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सर्वोच्च अदालतले भन्यो – चोलेन्द्रविरुद्ध महाभियोग निष्क्रिय भएको पत्र आएको छैन

    सर्वोच्च अदालतले भन्यो – चोलेन्द्रविरुद्ध महाभियोग निष्क्रिय भएको पत्र आएको छैन

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध निष्क्रिय भएको महाभियोग प्रस्तावको पत्र औपचारिक रुपमा प्राप्त नभएको बताएको छ ।

    संसद् सचिवालयका महासचिव डा.भरत गौतमबाट महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारीसहितको पत्र पाएपछि चोलेन्द्र सर्वोच्च प्रवेश गर्ने तयारीमा रहेका बेला सर्वोच्चले यस्तो बताएको हो ।



    सर्वोच्च अदालतमा संसदबाट महाअभियोग निष्प्रभावी भएको भन्ने पत्र नआएको सर्वोच्च स्रोतले जनाएको छ । प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको संसद सचिवालयले जनाएको छ ।



    जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । महाअभियोग प्रस्ताव तत्कालिन प्रतिनिधिसभामा पेश भएको थियो ।

    प्रारम्भिक छलफल र महाअभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइए पनि त्यसपछि प्रक्रिया अगाडि नबढेकाले जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने पत्र निष्प्रभावी भएको संसद सचिवालयले जनाएको छ। संसद सचिवालयले राणालाई पत्र पठाइसकेको पुष्टि गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार