काठमाडौं । महाभियोग निष्क्रिय भएको पत्र पाएपछि चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको हैसियतमा हाजिर हुन सर्वोच्च अदालत पुगेका छन् ।
संसद् सचिवालयका महासचिव डा.भरत गौतमबाट महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारीसहितको पत्र पाएपछि चोलेन्द्र सर्वोच्च प्रवेश गरेका हुन् ।
आफूमाथि लागेको आरोपबाट क्लिनचिट पाएको र भोलि बिदा रहेकाले आजै सर्वोच्चमा हाजिर भएका छन् । उनको कार्यकाल यही मंसिर २७ गतेसम्म छ ।
जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।
Leave a Reply